लेखा ब्यबसायीको तालिम र नियामक एउटै हुँदा समस्या

लेखा ब्यबसायीको तालिम र नियामक एउटै हुँदा समस्या

लेखा ब्यबसायीहरुको क्षमता विकास गर्ने उदेश्यले बैशाख ६ र ७ गते काठमाण्डौंमा सम्मेलन हुँदैछ । लेखा ब्यबसायी नियमण गर्ने निकायको २० सिपिई क्रेडिटको कोर्स सहितको कार्यक्रम नियमक निकाय नेपाल चार्टर्ड एकाउटेन्टस संस्थाले गर्न लागेको हो ।

हाल २४ सय चार्टर्ड एकाउन्टेन्टस, ७ हजार अडिटर र १४ हजार बिद्यार्थी आबद्ध रहेको सो निकायले कोर्स सञ्चालनलाई बढी प्राथमिकता राखेको देखिन्छ । जसको कारण संस्थाको नियमन कार्य सुस्त भैरहेको छ । यसबाट आबद्ध भएका जनशक्तिले लेखा परीक्षण गर्दा हुने गलत गतिबिधिलाई न्यूनिकरण गर्न सकिएको छैन ।

सहकारी र साना तथा मझौला उद्योगहरुमा लेखापरीक्षणको बढी समस्या देखिएको छ । यी समस्याहरुको समाधानका उपायहरु खोज्ने उदेश्यले १ हजारको हाराहारी लेखा ब्यबसायीहरुको भेला हुन लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार १२ : २७ बजे