मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा चैत ३० गते शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । साथै सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् ।

सभाले आ.व. २०८०/८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आ.व. सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४ हजार २४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।