नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाई गर्नका लागि टेण्डर आह्वान गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य सेक्युरिटि प्रिन्टरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो । बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ ।
राष्ट्र बैंकले २०२४ जुन ३ तारिखको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रस्ताव पेश गर्दा २ करोड १० लाख धरौटी राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया