२५ मिटर सडक खनेर ३८ लाख ७६ हजार भ्रष्टाचार, नौं जनाविरुद्ध मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूबाट ३८ लाख ७६ हजार २७० रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । ‘उपाध्यक्ष शाहीलगायतले महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनेर मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविकभन्दा धेरै परिमाणको काम भएको देखाइ बढी रकम भुक्तानी लिएको पाइएको छ,’ अख्तियारले जारी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त गाउँपालिकाका तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सब–इन्जिनियर हरिप्रसाद पाण्डेय, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददि भनिने दधि कामी र गाउँपालिकाका लेखापाल मलिम रावतविरुद्ध मुद्दा दायर भएको हो।

सबै जनाविरुद्ध समान ३८ लाख ७६ हजार २७० रुपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।