अमेरिका र स्लोभाकिया पठाईदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ


अमेरिका र स्लोभाकिया पठाइदिने भन्दै रकम लिएर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेरोजगार युवायुवतीलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पिडितहरुबाट रकम लिएर बिदेश नपठाई सम्पर्क बिहीन भएका उनीहरुलाई पिडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पिडीतले जाहेरी दिई अनुसन्धान हुँदा बिदेश पठाउने भनी ठगी गरेका रुकुम पूर्व पुथा उत्तरगंगा ११ घर भई हाल काठमाण्डौं तारकेश्वर १० बस्ने ३८ वर्षर्की सन्ध्या लामा बुढा मगरलाई काठमाण्डौंको तारकेश्वरस्थित मनमैजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्ध्याले स्लोभाकियामा आक्रर्षक तलवको प्रलोभन देखाई ठगी गर्ने गरेको पिडितको जाहेरीका आधारमा पक्राउ गरी २ लाख रुपैयाँ बिगो रकम सहित थप अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभागमा बुझाएको छ ।

त्यसैगरी अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै हिँडेका म्याग्दी मंगला २ घर भई ललितपुरस्थित सात दोबाटोमा बस्दै आएका ५३ वर्षका उदिम बहादुर पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्धामा फरार रहेका पुनलाई प्रहरीले ७८ लाख रुपैयाँको बिगो सहित थप अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा बुझाइएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।