नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने आईएमएफको नयाँ प्रक्षेपण

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।

मंगलबार एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत हुने अनुमान गरेको हो । आईएमएफले सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने अनुमान गरेको छ । जुन गत असोजमा सार्वजनिक गरिएको अनुमान बराबर नै हो ।

कोषले सन् २०२४ मा एसियाली देशको अर्थिक वृद्धि ४.५ प्रतिशतले हुने अनुमान गरेको छ।

सन् २०२४ मा भारतको आर्थिक वृद्धि ६.८ प्रतिशतले हुने कोषले अनुमान गरेको छ । जुन गत असोजमा गरिएको अनुमान भन्दा ०.५ प्रतिशत बढी हो । दक्षिण एसियाली देशमा भारतपछी बंगलादेशको आर्थिक वृद्धि सबै भन्दा धेरै ५.७ प्रतिशत हुने कोषले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।