एशिया प्यासिफिक क्षेत्रमा एसएमई प्रवर्द्धन गर्न एडिबि र सिटी बैंकबीच सम्झौता

0
Shares

एशियाली विकास बैंक (एडिबि) र सिटी बैंकले एशिया प्यासिफिक क्षेत्रका साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तपोषण सेवा प्रदान गरी व्यापार प्रवद्धन गर्न ‘मास्टर रिस्क पार्टिसिपेसन’ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एसएमईले गर्ने वार्षिक व्यापार बढाउन र फाइनान्सीङको पहुँच बढाउन एडिबि र सिटी बैंकले १० करोड अमेरिकी डलर अर्थात् १३ अर्ब ३० करोड नेपाली रुपैयाँ सहायता गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो सम्झौता एडिबिद्धारा सञ्चालित व्यापार तथा आपूर्ति शृंखला वित्त कार्यक्रम (ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम–टिएससीएफपी र सिटि बैंक नर्थ अमेरिकाबीच हस्ताक्षर भएको हो । यस सम्झौताको उद्देश्य एडीबीको टिएससीएफपी परियोजना मार्फत विकासोन्मुख एशिया क्षेत्रका एसएमईलाई सिटी बैंकको वित्तपोषण कार्यक्रममा पहुँच प्रदान गर्नु रहेको छ ।

एडिबिका मार्केट सोलुसन्स उपाध्यक्ष भार्गव दासगुप्ताका अनुसार यस सम्झौताले एशिया–प्यासिफिक क्षेत्रका एसएमईको अवस्था सुधारका लागि विश्वका ठूला कर्पोरेट साझेदारको सहयोग प्रवर्द्धन गर्न सहयोग पुग्नेछ ।

एडीबी र सिटीले २००९ देखि नै व्यापार वित्तमा सहकार्य गर्दै आएका छन् । सन् २००९ देखि हालसम्म यी दुई बैंकले ६ अर्ब २० करोड डलर बराबरको रकम एसएमईको वित्तीय पहुँच विस्तार गरी व्यापारलाई सहजीकरण गर्न लगानी गरिसकेका छन् । मास्टर रिस्क पार्टिसिपसन सम्झौता अन्तर्गत एडिबि र सिटी बैंकले हरेक वर्ष १० करोड डलर सहयोग गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।