सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले २०८१ बैशाख २८ गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ । ब्याज छु बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिनेछ । सो सम्बन्धी सम्पुर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझ्न आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।