सन नेपाल लाइफको २५.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सन नेपाल लाइफ इन्स्यारेन्सको २५.०५% लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख २७ गते बिहीबार बुकक्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न बुधबारसम्म सेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुत्तःा पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश पारित गर्न कम्पनीले जेठ ९ गते अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साथै, उक्त बोनसपछि कायम हुने चुक्ता पुँजीको २७% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा उपर छलफल गरी पारित हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।