बिन्ध्यबासिनी हाइड्रोपावरको नाफा ७ करोड ११ लाख

0
Shares

बिन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०.९३ प्रतिशत बढेर ७ करोड ११ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६ करोड ४१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ४५.८९ प्रतिशत बढेर ३० करोड ६७ लाख ७७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १०.४५ प्रतिशत बढेर ३० करोड ७१ लाख १६ हजार पुगेको । समीक्षा अवधिमा सञ्चालन मुनाफा ४.१६ प्रतिशत बढेर १६ करोड ५६ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीको प्रति सेयर आम्दानी ८९ पैसा बढेर ९ रुपैयाँ ४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।