रुरु जलविद्युतको नाफामा सुधार

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको वित्तीय खर्च घटेपछि नाफा २.६६ प्रतिशतले बढेको हो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि नाफामा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.१५ प्रतिशत घटेर ११ करोड ५९ लाख १४ हजारमा सीमित भएको छ।

कम्पनीको वित्तीय आम्दानी ६८.३२ प्रतिशत घटेर ६ लाख ३४ हजार र वित्तीय खर्च २८२ प्रतिशत घटेर ६८ लाख ४९ हजार कायम भएको छ । गत आवको तेस्रो त्रैमासमा ८९ लाख ९० हजार बढी थियो ।

चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ८० लाख ५६ हजार रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा, प्रति सेयर नेटवर्थ १३६ रुपेयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात ४१.५९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।