ङादी ग्रुप पावरको नाफा ४३% घट्यो

0
Shares

ङादी ग्रुप पावर लिमिटेडको खुद नाफा ४२.९४ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।गत आवको सोही अवधिमा नाफा ४ करोड ९९ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ०.०९ प्रतिशत बढेर १० करोड २ लाख पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीको गैर सञ्चालन आम्दानी भने ९६.१७ प्रतिशत घटेर १० लाख ४५ हजार कायम छ ।

चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको प्रति सेयर आम्दानी २ रुपैयाँ ५ पैसामा खुम्चिएको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १६३.९५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।