रेमिट्यान्स आप्रवाह १९.८०% बढ्यो, मासिक सवा खर्ब भित्रँदा चैतसम्म पौने ११ खर्ब नाघ्यो

0
Shares

देशका यूवा जनशक्तिजति धमाधम वैदेशिक रोजगारीमा जान थालेपछि मुलुकमा भित्रने विप्रषण (रेमिट्यान्स) आप्रवाहमा समेत सोही अनुसारको सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौं महीना अर्थात साउनदेखि चैत मसान्तसम्ममा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत आर्थिक वर्षको तुलनामा १९.८० प्रतिशतले धेरै हो । चैतमा मात्रै १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ भित्रिएको छ । चालु आवको ९ महीनामा औसत १ खर्ब २० अर्ब बढी विप्रषण आव्रवाह भएको छ । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७० प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ ।

२७९ चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको थियो । उक्त समयमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९० प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ५८ हजार ४१७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५ हजार २३८ ले घटेको हो ।

२०८० चैत मसान्तसम्म समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८० प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८० प्रतिशतले बढेर ९ खर्ब ९६ अर्ब ८८ करोड पुगेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।