एक वर्षमै शोधनान्तर स्थिति बचत दोब्बर, चालु खाता पौने २ खर्ब बचतमा

0
Shares

चालुु आर्थिक वर्षको चार महिनामा मुलुकको बाह्य क्षेत्रमा उल्लेखीय सुधार भएको छ ।  मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ९ महीना अवधिमा ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेकोमा दोब्बरभन्दा बढी पुगेको जनाएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल पठाउने विप्रेषण (रेमिट्यान्स) मा निरन्तर आएको वृद्धि र आयात नियन्त्रणले मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) को बचत पनि बढ्दै गएको हाे । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत (९ महिना) सम्मको आर्थिक अवस्था अनुसार अमेरिकी डलरमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति बचतमा थियो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर २०८० चैत मसान्तमा १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा पुगेको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोडले धनात्मक रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।