बैंकहरुले स्थायी निक्षेप घटाए पनि खर्ब बढी तरलता केन्द्रीय बैंकमा

0
Shares

बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या कायमै रहेको भएपनि स्थायी निक्षेप सुविधा घटाएका छन् । बैंकहरुले गत बुधबार ७८ अर्ब स्थायी निक्षेप राखेकोमा आइतबार भने करिब ७३ अर्ब केन्द्रीय बैंकमा राखेका हुन ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको अवस्थामा व्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा निक्षेप राख्छन । बैंकहरुले हरेक साता आइतबार र बुधबार गरेर २ पटक ४ दिनको अवधिका लागि केन्द्रीय बैंकमा स्थायी निक्षेप सुविधा राख्न पाउछन । सोही अनुसार बैंक तथा वित्तीय संस्थाले आइतबार ७२ अर्ब ९० करोड रुपैयाँ स्थायी निक्षेप राखेका हुन ।

अधिक तरलताका कारण अन्तर बैंक ब्याजदरमा अस्वभाविक उतारचढाव नियन्त्रण गर्ने औजारको रुपमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याउने गरेको छ । सो अनुसार बैंकहरुले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप राख्छन भने त्यसले तरलता तथा ब्याजदर व्यवस्थापन नभएको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्छ । पछिल्लो समयमा कर्जाको माग अपेक्षा अनुसार नबढ्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले गत बुधबार केन्द्रीय बैंकमा राखेको ७८ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप आइतबार परिपक्क भएको छ । सो तरलतालाई बैंक तथा वित्तीय संस्थाले आइतबार पुन स्थायी निक्षेपको रुपमा केन्द्रीय बैंकमा राखेका छन । तर, बैंक तथा वित्तीय संस्थाले आइतबार परिपक्क भएको भन्दा थोरै स्थायी निक्षेप राखेका छन् ।

केन्द्रीय बैंकका अनुसार शुक्रबार वित्तीय प्रणालीको तरलता ६५ अर्ब रुपैयाँ बरावरको छ । आइतबार पनि परिपक्क भएको सबै तरलतालाई स्थायी निक्षेप नराख्दा वित्तीय प्रणालीको तरलता आइतबार केही बढेको छ । आइतबार भएको कारोबारलाई गणना नगर्दा पनि शुक्रबारको अधिक तरलता र परिपक्क भएको स्थायी निक्षेप सुविधालाई नविकरण नगरेको रकमलाई जोड्दा पनि वित्तीय प्रणालीमा आइतबार करिब ७० अर्ब रुपैयाँ बरावरको तरलता रहको छ ।

बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप घटाउदा पनि केन्द्रीय बैंक संग वित्तीय प्राणलीको पैसा एक खर्ब भन्दा माथि रहेको छ । पछिल्लो समयमा देखिएको अधिक तरलताको समस्या केन्द्रीय बैंकले विभिन्न माध्यमबाट एक खर्ब भन्दा धेरै रकम खिचेको खण्डमा तरलता सन्तुलन अवस्था देखिने गरेको छ ।

आइतबार ७२ अर्ब स्थायी निक्षेप लिएपछि केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको बक्यौता पैसा एक खर्ब ५ अर्ब पुगेको छ । गत साता केन्द्रीय बैंकले सात दिन अवधिको ३२ अर्ब ७० करोड रुपैयाँ बरावरको निक्षेप संकलन लिएको छ । आइतबारको स्थायी निक्षेप सुविधा र गत साताको निक्षेप संकलन उपकरणको गरेर कुल एक खर्ब ५ अर्ब ६० करोड रुपौयँ बक्यौता पुगेको हो । शुक्रबार यस्तो बक्यौता एक खर्ब ११ अर्ब थियो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिचेपछि निक्षेप संकलन उपकरणको ब्याजदर पनि ३ प्रतिशत भन्दा माथि पुगेको छ । त्यसैगरी घट्दो क्रममा देखिएको अन्तर बैंक ब्याजदर पनि साढे २ प्रतिशत माथि रहदै आएको केन्द्रीय बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।