बैंकिङ समूहको सेयरमा आकर्षण बढ्दा नेप्सेमा २४.३९ अंकको सुधार

0
Shares

दोस्रो बजारका लगानीकर्ता वाणिज्य बैंक (बैंकिङ समूह) को सेयरमा तर्फ लागेका छन । धेरै लामो समयपश्चात लगानीकर्ताको ध्यान बैंकिङ समूहको सेयरमा मोडिएकोे हो ।

पछिल्ला केही सातायता लगानीकर्ताहरुले फोर्टफोलियो परिवर्तनमा लाग्दै आएका छन । यसअघिका कारोबारहरुमा फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन समूहको सेयरमा लगानीकर्ताको आकर्षण देखिदै आएको थियो । दोस्रो बजारबाट नाफा बुक गरेपश्चात लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दा फरक फरक सेक्टरको सेयरमा सुधार हुने गरेको छ ।

सोमबार बैंकिङ समूहको सूचक ३.२१ प्रतिशत अंकले उकालो लाग्दा समग्र नेप्से सूचक २४.३९ अंकले बढेर १९९८.८९ अंकमा पुगको हो। जेठ महिनाका लागि अधिकांस बैंकहरुले ब्याजदर घटाएकाले पनि सेयरबजारमा सुधार आएको हो ।

 नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। यसदिन लगानी समूहको सूचक पनि दुई प्रतिशत बढीले उकालो लागेको छ । त्यस्तै,  विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

आजको बजारमा कुमारी बैंक, माछापुच्छ्रे, लक्ष्मी सनराइज, प्रभु, एसबिआई, हिमालयन लगायतको सेयरमूल्य उच्चदरले बढेको छ ।

यस दिन ५ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गुराँस लघुवित्तको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिवाईसि लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।