रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत

0
Shares

रिडी पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले माघ २१ गतेसम्म कायम विद्यमान सेयरधनीहरुलाई कम्पनीले १ः०.५ कित्ता अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

कम्पनीको हकप्रद ६० हजार ६०२ लगानीकर्ताले ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद आवेदन दिएका थिए भने अवितरित ११ लाख ३५ हजार ६५७ कित्ता सेयर चैत २९ देखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गरेका थियो । बैशाख १३ गते शिलबन्दी बोलपत्र खुला गरी कम्पनीले बैशाख १९ गते प्रतिकित्ता १४८ रुपयाँ १० पैसा वा सोभन्दा बढी आवेदन हाल्ने लगानीकर्तालाई वितरण गरिएको थियो ।

हकप्रद सूचीकरणपछि कम्पनीको चुक्ता पुँजी २अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।