एक कम्पनीको १००% हकप्रद सेयर नेप्सेमा सूचीकृत

0
Shares

नेप्सेमा एक कम्पनीको शतप्रतिशत अर्थात चुक्ता पुँजीको १ बराबर एक अनुपातको हकप्रद सेयर सोमबार सूचीकृत भएको छ ।  नेप्सेका अनुसार अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको उक्त हकप्रद सेयर सम्बन्धीत हकप्रदको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम भई हकप्रद सेयरमा आवेदन दिएका र लिलामीमा आवेदन गरी बाँडफाँडमा सेयर पाएका सेयरधनीको हितग्राही खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

कम्पनीले गत फागुन १७ गते देखि चैत ७ गतेसम्म १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको थियो । हकप्रदमा अवितरित भउको १९ लाख ९२ हजार १३४ कित्ता हकप्रदको लिलामी बैशाख १० देखि २४ गतेसम्म आह्वान गरी २७ गते शिलबन्दी बोलपत्र खुला गरिएको थियो । लिलामी सेयरको कटअफ १४३रुपैयाँ ५० पैसा कायम भएको थियो ।

हकप्रद जारीपछि अरुण भ्यालीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।