विकल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दायर, ६२ करोड गैरकानूनी सम्पत्ति

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पौडेलको आम्दानी अस्वभाविक देखिएको भन्दै ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसहित बुधबार विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

पौडेलले सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको अख्तियारको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ ।

विशेष अदालतले पौडेलले सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको भन्दै मंगलबार मात्रै २ वर्ष कैद सजाय र २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।

उनीविरुद्ध थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । झुटा विवरण पेश गरी सरकारी पदमा बसेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर भएको मुद्दा विचाराधीन छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।