वित्तीय प्रणालीबाट सवा २४ अर्ब खिचेपछि अल्पकालिन ब्याजदरमा सुधार

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २४ अर्ब ३० करोड रुपैयाँ खिचेपछि निक्षेप संकलनको ब्याजदर तीन प्रतिशत नाघेको छ ।

केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन शुक्रबार बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप संकलनको अफर गरेकोमा २४ अर्ब ३० करोड मात्र लिएको छ । ११ बैंकहरुले २९ आवेदन मार्फत २५ अर्ब १० करोड बुझाउन चाहेका थिए । निक्षेप संकलनको ब्याजदर अन्तर बैंकदरको सीमामा पुगेपछि केन्द्रिय बैंकले २४ अर्ब ३० करोड मात्र निक्षेप लिएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त निक्षेप संकलन गरेको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त निक्षेपको अधिकतम ब्याजदर ३.३००० र न्यूनतम २.९५०० प्रतिशत ब्याज दिएको छ । शुक्रबार निक्षेप संकलनको औसत ब्याजदर ३.०९६० प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यसअघिको भन्दा धेरै हो । यसअघि जेठ ७ गते निष्कासन भएको निक्षेप संकलनको औसत ब्याजदर २.९९२९ प्रतिशत कायम भएको थियो ।

तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रण गर्नका लागि कन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्ने गरेको छ आर्थिक गतिविधिमा आएको सुस्तताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कम छ । रेमिट्यान्स आप्रबाहमा आएको सुधारले वित्तीय प्राणलीमा निक्षेप बढेको अवस्था छ भने कर्जा लगानी स्थीर नै छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरिदै गएको छ ।

केन्द्रीय बैंकले ब्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रणका लागि ब्याजदर करिडोर कार्यान्वयन गर्दे आएको छ । उक्त करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर तल्लो सीमाको रुपमा निक्षेप संकलनको ब्याजदर तोकेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भइ अन्तर बैंक दर करिडोरको तल्लो सीमा भन्दा कम भए निक्षेप संकलन मार्फत ब्याजदर बढाउछ ।

वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा पनि प्रदान गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले गत बुधबार ४१ अर्ब २० करोड स्थायी निक्षेप राखेका थिए ।

वित्तीय प्रणलीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदरमा अस्वभाविक उतार चढाव आउने भएपछि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन मार्फत तरलता खिच्ने र ब्याजदरलाई स्थायीत्व दिने काम गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।