युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा आह्वान, हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

युनाइटेड मोदी हाईड्रोपावरले जेठ २७ गते पुनः दशौं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले कालिमाटीब्यांक्वेट कालिमाटीमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा बोलाएको हो । यसअघि २०८० चैत २९ गते आयोजना हुने भनिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

जेठ २७ को सभामा हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्ने प्रस्ताव राखिएको छ । कम्पनीले आफ्नो सेयर रहेको ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी थप गर्न हकप्रद जारी गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले अन्य चार जना सञ्चालक पदको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । साथै अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

अघिल्लो वर्ष चुक्ता पुँजीको ७ प्रतिशत बोनस दिएको कम्पनीले आव २०७९/८० बाट भने सेयरधनीको हात खाली बनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुकक्लोज गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।