एनएलजी इन्स्योरेन्सको बोनस वितरण

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस वितरण भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरणगरेको चुक्ता पुँजीको ५.२० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीले माघ २४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको सम्बिन्धित डिम्याट खातामा बोनस सेयर जम्मा गरेको जानकारी दिएको छ । साथै हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

साथै, माघ २४ गतेसम्म सेयर धितो राखि कर्जा लिएका सेयरधनीको हकमा बोनस सेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कर्जा राफसाफ भइसकेको खण्डमा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भैसकेको छ ।

कम्पनीको २०८० फागुन ३ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।