बलेफी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडले असार २० गते विशेष साधारण सभा आह्वान गरेको छ ।

हाइड्रोपावरको असार ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रोयल एलिनाज रेष्टुरेन्ट प्रालि, नयाँ बानेश्वर, काठमाण्डौंमा असार २० गते बिहीबार बिहान ११ बजे विशेष साधारण सभा बोलाइएको छ ।

विशेष साधारण सभाले कम्पनीको कर्जा सुविधा स्वीकृती सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ भने सञ्चालकहरुको नियुक्ति सम्बन्धमा समेत छलफल तथा निर्णय गर्ने कार्यसूची छ ।

विशेष साधारण सभाका लागि कम्पनीले असार ११ गते मंगलबार सेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसा असार १० गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।