पाँच कम्पनीका सेयर लगानीकर्ता आइतबार मालामाल

0
Shares

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ऋणात्मक रहेपनि पाँच कम्पनीका सेयर लगानीकर्ता आइतबार मालामाल भएका छन् ।
नेप्से ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ । तर फाइनान्स सूचक भने आइतबार नेपाल स्टक एक्सेचञ्जमा ५.४९ प्रतिशतले बढेको हो ।यसस्ँगै फाइनान्स सूचक २४६९.३० बिन्दुमा पुगेको छ ।

आइतबारको बजारमा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङखोला जलविद्युत र नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै रिलायन्स फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४४५.५० रुपैयाँ, गणपति लघुवित्तको १४४६.५० रुपैयाँ, साधना लघुवित्तको १३६०.७० रुपैयाँ, मैलुङखोला जलविद्युत कम्पनीको ५९४ रुपैयाँ र नेपाल फाइनान्सको सेयर मूल्य ८३६.४० रुपैयाँ पुगेको छ ।

यस्तै आइतबार बुद्धभुमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, पोखरा फाइनान्स, श्रीइनभेष्टमेन्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ८.१७ देखि ६.७९ प्रतिशतसम्म बढेको छ ।

     
Symbol  LTP  Pt. Change  % Change 
RLFL 445.50 40.50 10.00
GMFBS 1446.50 131.50 10.00
SDLBSL 1360.70 123.70 10.00
MKJC 594.00 54.00 10.00
NFS 836.40 76.00 9.99
BNHC 725.90 54.80 8.17
MHL 539.00 40.00 8.02
PFL 662.90 43.10 6.95
SIFC 473.90 30.40 6.85
SFCL 464.00 29.50 6.79

 

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य आज ६.५८ प्रतिशतका दरले घटेर १४२० रुपैयाँमा झरेको छ । यसैगरी सनराइज ब्लुचिप फन्डको इकाई मूल्य ५.२४ प्रतिशत, कालिका लघुवित्तको ५.१८, उपकार लघुवित्तको ५.११ र बाराही हाइड्रोपावरका लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् ।

     
Symbol  LTP  Pt. Change  % Change 
GILB 1420.00 -100.00 -6.58
SBCF 7.96 -0.44 -5.24
KMCDB 1099.90 -60.10 -5.18
ULBSL 2025.00 -109.00 -5.11
BHPL 692.00 -32.00 -4.42
USLB 1685.00 -74.00 -4.21
SHLB 1763.00 -77.00 -4.18
SABSL 1036.10 -44.90 -4.15
ANLB 2400.00 -100.00 -4.00
WNLB 1484.00 -61.00 -3.95

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।