सेयर बजारमा दैनिक कारोबार पुनः पाँच अर्ब नाघ्यो, पुँजी कम भएको मूल्य उचालिँदा जोखिम बढ्यो

0
Shares

सेयर बजारका लगानीकर्ताको मनोबल बढ्न नसकिरहेको भएपनि सोमबार सेयर बजारमा दैनिक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको छ । ठूला पुँजी भएका कम्पनीको सेयरमूल्यमा खासै उतारचढाव आउन नसकेपनि कम पुँजी भएका कम्पनीको सेयर मूल्य कारोबारीहरुले राम्रैसँग उचालेका छन् ।

पछिल्ला दिनमा उच्च बढोत्तरी गराइँदै आएको फाइनान्स इन्डैक्स आजपनि .११ प्रतिशतले उकालोे लागेको छ भने विकास बैंक र लघुवित्तको सूचक पनि एक प्रतिशतभन्दा धेरै बढेका छन् । यी क्षेत्रका पनि धेरै पुँजी भएकाभन्दा कम पुँजी भएका कम्पनीके मूल्य अस्वभाविक रुपमा वृद्धि गरिएको छ । यसले हाल सेयर मूल्य बढाइएको कम्पनीहरुमा लगानी गर्दा जोखिम समेत बढाएको छ ।

सेयर बजारमा सूचीकृत ती कम्पनीको खुद नाफा ऋणात्मक भएपनि बजारमा सेयरको आपूर्ति कम भएका कारण ती कम्पनीहरुको मूल्य कारोबारीहरुले अस्भाविक रुपमा वृद्धि गरेका हुन् । जसको टिकाउ हुने आधार नदेखिएको अनुभवी लगानीकर्ताहरु बताउँछन् । कतिपय कम्पनीको बैशाख मसान्तसम्ममा खुद नाफा ऋणात्मक भएपछि कम पुँजी भएका धेरै फाइनान्सको सेयर मूल्यमा निरन्तर सर्किट लागाएर वृद्धि गरिएको छ ।

सोमबार दैनिक कारोबार रकम पाँच अर्ब नाघेको छ । यसदिन ३२२ कम्पनीका १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ६६ हजार ५१९ पटक खरिद बिक्री भएका छन् । दिनभरमा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा ७० करोड २७ लाखले कारोबार रकम बढेको हो । साताको दोस्रो कारोबार दिन सोमबार बजार सूचक नेप्से ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन आइतबार ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा बन्द हुँदा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँको कारोबार भएको थियो । आज सेयर कारोबारमा आएका ३२२ मध्ये १७८ कम्पनीको मूल्य वृद्धि भएको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । २० कम्पनीको मूल्य स्थीर रहेको छ ।

आजको बजारमा सात ओटा उपसमुहगत सूचकहरु बैंकिङ्ग, होटल तथा पर्यटनमुलक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, निर्जीवन बीमा र ब्यापार एक प्रतिशतभन्दा कम घटेका छन् ।

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सोमबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य दश प्रतिशतले बढेको छ । यससँगै नेपाल फाइनान्सको प्रतिकित्ता मूल्य ९२० रुपैयाँ तथा गणपति लघुवित्तको १५९१.१० रुपैयाँ पुगेको छ । साथै मकर जितुमाया सुरी हाइड्रोपावरको ७.२१ प्रतिशत, शिवश्री हाइड्रोपावर ६.९१ र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ६.३९ प्रतिशतले बढेको छ ।

आजको बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.०१ प्रतिशतले घटेको छ । यस्तै कृषि विकास बैंक डिबेञ्चर २०८३ को ३.७६ प्रतिशत, समाज लघुवित्त ३.२६ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावर २.८६ प्रतिशत र पाँचथर पावर कम्पनीको लगानीकर्ताले २.८४ प्रतिशतले गुमाएका छन् ।

मेरो माइक्रोफाइनान्सको सर्वाधिक कारोबार

मेरो माइक्रोफाइनान्सको आज सर्वाधिक कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार भएको उक्त लघुवित्तको २४ करोड ३२ लाख १८ हजार रुपैयाँको ३ लाख ६४ हजार ६९५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड ४१ लाख ५३ हजार रुपैयाँ, पोखरा फाइनान्सको १६ करोड १७ लाख रुपैयाँ, माउन्टेन इनर्जी लिमिटेडको १४ करोड ५८ लाख ६ हजार र मञ्जुश्री फाइनान्सको १४ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ हजार ७६७ पटक सेयर कारोबार भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७६ अर्ब ३२ करोड ६३ लाख ७४ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।