परिसंघ र बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका सम्बन्धमा छलफल

0
Shares

नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ । परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद दिए ।

यसबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने उनले विश्वास व्यक्त गरे । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको भन्दै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताए ।

अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तराष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्नुहुँदै नेपाली वस्तुहरुलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले नेपालको पूर्वाधार, विद्युत तथा नवीकरणीय उर्जा, सूचना प्रविधि लगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्नुहुँदै बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।

छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरु संचालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । साथै नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए ।
छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे लगायत सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो ग