सानिमा माई हाइड्रोपावरद्धारा सेयरधनीलाई लाभांश बुझिलिन आग्रह

0
Shares

सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश रकम बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश बुझ्न बाँकी सेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन कम्पनीले आग्रह गरेको हो ।

साधारण सभाहरूबाट पारित लाभांश रकम सम्बन्धीत सेयरधनी वा निजको हकवालाले बुझी नलिएको तथा हकदाबी समेत नपरेकाले पारित भए बमोजिम उक्त लाभांश बुझ्न सेयरधनीहरूलाई यथाशीघ्र आग्रह गरिएको छ ।

त्यस्तै, सम्बन्धित सेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन सक्नेछन् । हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत कम्पनीले भनेको छ ।

साथै अझैसम्म पनि हितग्राही खाता नखोलेका सेयरधनीहरूलाई तुरून्त खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराई लाभांश बुझिलिन समेत कम्पनीले आग्रह गरेको छ । तोकिएको म्यादभित्र सेयरधनीहरूले लाभांश बुझी नलिएमा सम्बन्धित सेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।