हिमालयन लाइफको सेयरधनीलाई आग्रहः बोनस सेयर बापतको कर जम्मा गर्नु

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई बोनस सेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट साविक गुराँस लाइफले वितरण गरेको चुक्ता पुँजीको १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ मजर्र भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट २०८० वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू भएको थियो ।

एकीकृत कारोबारपछि सेयर खरिद गरेका वा आईपीओ बाँडफाँडमा परी हालसम्म सेयर कायम गरेका सेयरधनीको हकमा बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैँले तिर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले सेयरधनीलाई कर तिर्न भनेको हो । सम्बन्धित सेयरधनीले कर बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको पुतलीसडक शाखामा कम्पनीको नाममा रहेको खातामा जम्मा गर्न आग्रह गरिएको छ ।

साथै, सम्बन्धित सेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस सेयर सेयरधनीको खातामा जम्मा हुने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।