गोर्खाज फाइनान्सले सेयर संरचना परिवर्तन गर्दै

0
Shares

गोर्खाज फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । फाइनान्सले सेयर संरचना परिवर्तन गरेर संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो ।

हाल फाइनान्स कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ५७.५१ प्रतिशत र सर्वसाधारण समूहको ४२.४९ प्रतिशत कायम छ । पुँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको रजिष्टर्डको कार्यालयमा समेत अभिलेख भईसकेको फाइनान्स कम्पनीले जनाएको छ ।

कम्पनीको गत चैत २ गते सम्पन्न २८ औं र २९ औं वार्षिक साधारण सभाबाट ५१ः४९ अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । पुँजी संरचना परिवर्तनका लागि आगामी साउन २८ गते सम्ममा वित्तीय संस्थाको रेकर्डमा संस्थापक सेयरधनी रहेको सेयरधनीहरुको संरचना परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

संस्थाबाट सेयर नामसारी (सेयर खरिद बिक्री,घरायसी नामसारी,मृत्यु नामसारी,अंशबण्डा आदि) स्वीकृति लिई सेयर नामसारी गर्न बाँकी रहेका सबै सेयरधनीलाई साउन २८ गतेभित्र सेयर नामसारी गरिसक्ने कम्पनीले आग्रह गरेको छ ।

साथै, सेयर संरचना परिवर्तनमा आफ्नो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेमा वा इच्छा नभएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले अनुरोध गरेको छ । उक्त मितिभित्र कुनै जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।