सहकारी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं : प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् ।

उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए । उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडी बढ्ने नीति बनाउने बताए ।

त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताए । उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताए । प्रधानमन्त्रीले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए ।

उनले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताए । उनले कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउने बताए । कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउदै प्रधानमन्त्रीले सरकारले यसबारे कदम उठाइसकेको बताए ।

उनले आफुहरुले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउदै सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारी ठगि गर्नेलाई कारवाही गर्ने बताउदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।

काँग्रेस- एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाप्त सकेन: ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापेपनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन् ।

उनले कांग्रेस(एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउमा आएको बताए ।

दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ: ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् ।

दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने र दुई वर्षसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने रहेको संसदलाई जानकारी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।