ग्लोबल आईएमई बैंकको सीईओमा रेग्मी नियुक्त

0
Shares

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्ति भएका छन् ।

बैंक सञ्चालक समितिको साउन १० गते बिहीबार बसेको बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी हाल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) थिए ।  हाल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन्। साउन मसान्तसम्म बज्राचार्य नै सीइओ रहने छन् भने भदौ १ गतेदेखि रेग्मीले कार्यभार सम्हालेनछन् ।

बैंकले तीन वर्षअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रेग्मीलाई नियुक्त गरेको थियो । २०८० असोज १ गतेदेखि लागू हुने गरी रेग्मी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा भएका थिए ।  बैंकिङ्ग क्षेत्रमा तीन दशक बढीको कार्याअनुभव रहेको रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक (डेपुटी म्यानेजर) तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । उनीसँग बैंकमा विगत १५ वर्षमा विभिन्न विभागको नेतृत्व सम्हालिसकेका छन् । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

एक अब्बल बैंकरका रुपमा परिचित रेग्मीले करियरको सुरुवात राष्ट्रिय वाणिज्य बैंकबाट गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकमा २०४५ साल भदौ १ गतेदेखि उनले काम गरेका थिए । उनले क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेका थिए ।

ग्लोबल आइएमई बैंकमा पनि उनले कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।