दशैंको अग्रिम टिकट असोज १२ गतेदेखि खोल्ने यातायात व्यवसायी र सरकारको निर्णय


दशैं आउनै लाग्दा समेत खुल्न नसकेको अग्रिम टिकट बुकिङका सम्बन्धमा सरकार र यातायात व्यवसायीले अन्तिम समयमा टिकट खुलाउने निर्णय गरेका छन् ।

गत आइतबार यातायात मन्त्रालयमा भएको छलफलले निर्णय गर्न नसकेपछि मंगलबार बसेको यातायात व्यवसायी र यातायात व्यवस्था विभागको छलफलले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

छलफलले दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गर्ने निर्णय भएको यातायात व्यवसायीले जानकारी दिए । नोटबजारसँगको कुराकानीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विभागसँगको छलफल पछि असोज १२ गतेदेखि टिकट खुलाउने निर्णय भएको बताए ।

व्यवसायीले भाडा बढाउनुपर्ने सम्बन्धमा ताकेता गर्दा टिकट बुकिङ खुलाउन ढिलाई भएको थियो । अग्रिम टिकट खुलाउने सम्बन्धमा भएको निर्णय बाहेकका सम्बन्धमा विभाग आफैंले जानकारी गराउने सिटौलाले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।