पल्सर एनएस ४०० जेडको डेलिभरी सुरू


पल्सर एनएस ४०० जेडको डेलिभरी सुरू भएको छ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ग्य्राण्ड कार्निभल आयोजना गरी पल्सर एनएस ४०० जेडको डेलिभरी भएको गरेको हो ।

कम्पनीले नाडा अटो शोमा एनएस ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गरेको हो ।

पल्सर एनएस ४०० जेडले स्पोट्र्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ । एनएस ४०० जेडमा ३७३ सीसीको सिगंल–सिलिण्डर, लिक्विड–कुल्ड इन्जिन छ । जसले ३९.४ बीएचपी तथा ३५ एनएम टर्क उत्पादन गर्दछ । यसमा ६–स्पीड गियरबक्स छ । जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ । यसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ । यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको छ ।

एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू छन् । साथै, स्वीच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबीएस रहेको छ । जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ।

यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रीन रहेको छ । जसमा ब्लुटूथ कनेक्सनको सुविधा उपलब्ध छ । यसले टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ । मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एन एस् ४०० जेडमा चिजल्ड फ्यलु ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस, आरामदायी स्प्लिट सिट सेटअप, र स्टाइलिस १७–इन्च अलोय ह्वील रहेका छन्। यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ । सीटको उचाइ ८०७ मिलिमिटर रहेको छ ।

नेपाली बजारमा पल्सर एनएस ४०० जेडको मूल्य ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।