शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै नेपाल वेयर हाउजिङ


काठमाडौँ । नेपाल वेयर हाउजिङ कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । उक्त हकप्रद सेयरको निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले कायम रहेका सेयरधनीलाई १ बराबर १ प्रतिशत सेयरका लागि विशेष साधारणसभा गर्ने जनाएको छ । कम्पनीको विशेष साधारणसभाले स्वीकृत गरी नियामक निकायको अनुमतिपछि मात्र कम्पनीले कायम रहेका सेयधनीलाई उक्त सेयर बिक्री गर्नेछ ।