टीभीएसको ‘महा एक्सचेन्ज मेला’ सुरु


दसैँको अवसर पारेर टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ सुरु गरेको छ । जसमा ग्राहकले आफ्नो पुरानो बाइक वा स्कूटी एक्सचेन्ज गरेर नयाँ लिन सक्नेछन् ।

मंगलबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको सो मेला असोज २० गतेसम्म चल्ने छ । जसमा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको फाइदा लिन सक्नेछन् ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दाबी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

विशेष दसैँ अफरहरूः

दसैँलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्रालाई अझ बढी फाइदा दिलाउने उद्देश्यका साथ विशेष अफरको ब्यवस्था गरेको छ । दशैँका अवसरमा कम्पनीले टिभीएसको बाइक तथा स्कूटर खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५ लाख सम्मको छुटको अवसर ल्याएको छ । त्यसैगरी खरिद गर्दा १० लाख सम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक सातो १००% क्यासब्याक जित्ने अवसर कम्पनीले उपलब्ध गराउने भएको हो ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

आकर्षक अफरहरूः

मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
ग्यारेन्टर बिना सजिलो वित्तीय सुविधाः मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

टेस्ट राइड र निश्चित उपहारः मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारहरूको समेत ब्यवस्था रहने छ । यस्तै मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआई को सुविधा उपलब्ध गराउनेछ ।

निःशुल्क सामग्रीः एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

यस मेलाको आयोजक टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।