नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि, ६ अर्बको कारोबार


काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६.०९ अङ्कले उकालो लागेर २ हजार ६५३.५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७५ अङ्कले उकालो लागेर ४७६.४६ विन्दुमा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ ।

आजको कारोबारमा कूल १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९.७६, इस्टर्न हाइड्रोपावर ९.६८,गुडबिल फाइनान्स ९.२७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.१४ प्रशितले कमाएका छन् ।

यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९.४३, एनआइसी एशिया सेलेक्ट फण्ड ६.७०, स्वरोजगार लघुवित्त ५.४९ र उपकार लघुवित्तका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाएका छन् ।