नेप्से २७.३९ अंकले घट्यो


काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २७.३९ अंकले घटेर दुई हजार ६६३.३२ विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको १ करोड ३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । आज १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूहको शेयर ओरालो लागेको छ । मंगलबार सर्वाधिक गुमाउने र कमाउने हाइड्रोपावरका लगानीकर्ता छन् ।

यसदिन सर्वाधिक मध्यसोलु हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने बुटवल पावर कम्पनी लिमिटेडको शेयर ६.८३ र मन्दु हाइड्रोपावरको शेयर ६.३१ प्रतिशतले बढेको छ ।

यस्तै इस्टर्न हाइड्रोपावरको ८.५० र बुद्धभूमि हाइड्रोपावर नेपालको ७।२४ प्रतिशतले शेयर घटेको छ ।