‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ १ अर्ब ५० करोडको आकारमा विस्तार


काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना (Siddhartha Systematic Investment Scheme – SSIS) का लागि नेपाल धितोपत्र बोर्डले हालै १ अर्ब ५० करोडको संरचना विस्तारलाई स्वीकृति प्रदान गरेको छ।

विसं २०७८ काे असारमा २० करोडको प्रारम्भिक आकारबाट शुरु भएको योजना अहिले करिब ९८ करोड रुपैयाँको छ भने आगामी दिनमा संरचना विस्तारका लागि नेपाल धितोपत्र बोर्डबाट थप स्वीकृति पाएको छ।

ईकाइधनीहरुलाई थप सुविधा दिने उद्देश्यले योजनामा १.५ प्रतिशत बहिर्गमन शुल्क (Exit Load) लाई एक वर्ष पछि छुट दिने गरी संशोधन गरेको कम्पनीले जनाएको छ । यसअघि तीन वर्षपछि मात्र छुट पाइने व्यवस्था थियो।

सिद्धार्थ व्यवस्थित लगानी योजना अन्तर्गत हालसम्म करिब १९ हजार ईकाइधनी योजनामा आवद्ध भएका छन् । यो योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) अश्विन मसान्तसम्ममा ११ रुपैयाँ ३० पैसा छ।

यस योजनामा इकाईधनीहरुले आफ्नो इकाई सिद्धार्थ क्यापिटलका विभिन्न स्थानमा रहेका विभिन्न कार्यालयहरु (विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा र नेपालगञ्ज) तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरुबाट खरीद/बिक्री गर्न सक्नेछन्। साथै, सिद्धार्थ क्यापिटलको वेबसाइटबाट पनि योजना तथा व्यवस्थित लगानी योजना (एसआइपी) मा आवद्ध हुन सक्ने व्यवस्था छ।

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  १७ : २६ बजे