मुनलाईट हाइड्रोपावरको आईपिओ लक्ष्मी सनराइज क्यापिटलले निष्काशन गर्ने


लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरी सेयर निष्काशनको जिम्मेवारी दिएको हो ।

मुनलाइट हाइड्रोको १०० रुपैयाँ अंकित मूल्यले हुने १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ हरोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा सम्झौता भएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेको २२.१४ मेगावाट क्षमताको बलेफी ए जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । हाल आयोजनाको ७० प्रतिशतभन्दा बढि काम पुरा भइसकेको पनि क्यापिटलले जनाएको छ ।

 

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  १८ : १७ बजे