विश्व लगानीकर्ता सप्ताहमा गरिमा क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम


गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

कार्तिक ११ गते आइतबारका दिन नवलपरासीको देवचुली ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ ।

कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले संचालन गरेका थिए भने प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन बिभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ते लामो आई.ओ.एस सिओद्वारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पंूँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  १६ : ५५ बजे