नेशनल हाइड्रोपावर कम्पनीले तोक्यो साधारण सभा र बुक क्लोज मिति


नेशनल हाइड्रो पावर कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर २८ गते शुक्रबार, बिहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटले बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९\०८० र आव २०८०\०८१ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने छ । आव २०८०\०८१ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट तोकिएको लेखापरिक्षक तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

२७औं र २८औं वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते शेयर दाखिला खारेज बन्द गर्ने छ । जसअनुसार १८ गतेसम्म कायम सेयरधनी मात्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार सेयरधनी मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार  १२ : ३६ बजे