नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीलाई साधारण सेयर निष्कासन अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिने निर्णय मंसिर ७ गते गरेको हो । हाल कम्पनीको हालको चुक्ता पुँजी ५२ लाख ५० हजार कित्ता अर्थात ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा कुमरी क्यापिटल रहेको छ । गार्डियन साधारण सेयर निष्कासन अनुमति चालु आर्थिक वर्षकै पहिलो हो । धितोपत्र पत्र बोर्डको नेतृत्व नभएकाले साधारण सेयर तथा हकप्रद सेयर निष्कासन अनुमति समयमा हुन सकेको छैन ।
प्रतिक्रिया