काठमाडौँ । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा भाग लिन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा बिहान ११ बजे ५० औँ वार्षिक साधारण सभा बोलाएको छ।
प्रतिक्रिया