तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा


तारागाँउ रिजेन्सी होटलले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर बाहेक ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार  ११ : ४७ बजे