नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अध्यक्ष शोभाकान्त पौडेलले देशको ७० प्रतिशत सम्पत्ति १०० जनाको हातमा रहेकाले पनि अर्थतन्त्र समस्यामा देखिएको बताए । उनले सीमित व्यवसायीका घरले नयाँ व्यक्तिलाई उद्योग व्यवसाय क्षेत्रमा आउन नदिने आउन नदिने परिपाटिले अर्थतन्त्र नै अफठ्यारोमा पारेको औँल्याएका हुन ।
उद्योग व्यवसायको क्षेत्रमा सीमित व्यक्तिहरूको कब्जाले अर्थतन्त्र माथि जान नसक्ने उनको भनाइ छ । नयाँ मान्छेलाई बजारमा आउन नदिने हो भने बजारको विकास नहुने बताउदै उनले भने,“ पूँजी बजारको विकास गर्न डिजिटलमा जानू पर्ने हुन्छ ।”
वित्तीय बजारको विकासका लागि नयाँ स्टक चाहिने हो कि होइन यसमा सबैले ध्यान दिनु पर्ने उनको भनाइ छ । अर्थमन्त्रालयकै सहसचिव समेत रहेका पौडेलले बजार विकासका लागि ब्रोकर सम्बन्धी छुट्टै कानुन आवश्यक रहेको बताए । सरकारी बन्ड, ग्रिन बन्डमा जान आवश्यक रहेको बताए । बजारको विकासका लागि नियमन, सुपरीवेक्षण बलियो चाहिने उनले बताए । धितोपत्र बजारको विकासका लागि सबै सरोकारवालासँग सहकार्य गरेर नेप्से अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया