भित्री कारोबार तथा कर्नरिङ रोक्न सम्भव भएसम्मका काम हुन्छन : बोर्ड अध्यक्ष 


नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारमा हुने अस्वभाविक गतिविधि नियन्त्रण गर्नका लागि हरसम्भव प्रयास गरिने बताएका छन् । उनले पुँजी बजार लगानीकर्ता मैत्री बनाउनका लागि गलत क्रियाकलाप नियन्त्रणमा जोड दिने बताएका हुन् ।

स्टक ब्रोकर एसोसिएसनको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बजारको विकास गर्न संस्थागत क्षमता बढाउन आवश्यक रहेको बताए । बजार विकास सँगै चुनौती पनि बढेको उनले बताए । “भित्री कारोबार, कर्नरिङ रोक्न हर सम्भव काम हुन्छ,” उनले भने “यस्ता विषय रोक्न आफूले कुनै सम्झौता हुदैन ।” बजारमा लगानीकर्ता मैत्री बनाउने गरी काम गर्ने उनले बताए ।

आफूलाई माथिल्लो निकायबाट आएका निर्देशन पालना गरेर अघि बढ्ने बताउँदै श्रेष्ठले भने,“मार्जिन कारोबार लगायतका विषयमा देखिएको समस्या समाधान गर्नमा ध्यान केन्द्रीत गर्ने छौ ।”  लगानीकर्ताले गरेको कारोबारको राफसाफ समयमा नैे सम्पन्न गर्न धितोपत्र ब्रोकरहरूलाई निर्देशन पनि दिए । यस्ता गतिविधिले बजारको विकास गर्न सहयोग गर्ने धारणा राखे ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार  १४ : ३५ बजे