मनोज कुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिंगको अध्यक्ष पदमा नियुक्त


काठमाडौँ । यस कम्पनीका संस्थापक कम्पनी नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली यही कार्तिक ११, २०८१ देखि लागु हुनेगरी यस नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएको छ ।

आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् ।

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको उनको कार्यकायलमा यस कम्पनीलाई नयाँ उचाईमा पु¥याउन सफल हुने छ भन्ने अपेक्ष कम्पनीको रहेको छ ।

 

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार  १० : ५६ बजे