सिटि होटलले बोलायो साधारण सभा, हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने


सिटि होटल लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । होटलले पुस २६ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०।८० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालनहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ होटलले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार  ०८ : ४२ बजे