आत्मनिर्भर लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


काठमाडौँ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न सभा बोलाएको हो ।

लघुवित्तले पुस २९ गते, सोमबार होटल माला इन, घोराही १५, दाङमा बिहान ११ बजे छैठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार  ११ : २१ बजे