काठमाडौँ । जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलीटीले एकैपटक ३० वटा केई इक्यूट-०४ हस्तान्तरण गरेका छन् । गत नाडा अटोशोमा लन्च भएको केईको ५ ढोके कार इक्यूट-०४ बिहीबार एक कार्यक्रमका बीच ग्राहकलाई हस्तान्तरण गरिएको हो ।
नेपालमा नयाँ ब्राण्डको रूपमा भित्रीएको केई दुई कम्पनीहरू जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले छुट्टाछुट्टै दुई शोरुम राखेर बिक्री गरिरहेका छन् । इक्यूट-०४ मा ४० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो कारमा सीएटीएलले बनाएको २८.०४ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ । कम्पनीका अनुसार यो कारले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
नेपालको बाटो सुहाउँदो १६५ एमएमको ग्राउण्ड क्यिरेन्स भएको यो कारमा २३७ लिटरको बुट स्पेश रहेको छ । आधुनिक फिचरहरूले सुसज्जित यो कारको क्याबिनमा सेन्टर एलसीडी टचस्क्रीन, ब्लुटूथ कनेक्टीभीटी, एप्पल कारप्ले , एन्डरोइड अटो तथा ६ वटा स्पीकरसहितको साउण्ड सिस्टम रहेको छ । यो कारमा किलेस इन्ट्री, वानटच स्टार्ट, कन्सिल्ड इलेक्ट्रीक डोर ह्याण्डल तथा एड्भान्स इनर्जी रिकभरी सिस्टम रहेको छ ।
सुरक्षाको लागि यो कारमा एबीएस, ईबीडी, टीसीएस, टायरप्रेसर मोनिटरिङ सिस्टम, डिउल एयरब्याग लगायत फिचर रहेको छ । दुई कम्पनीले बिक्री गरिरहेको केई इक्यूट(०४ को स्पेशल इन्टडक्टरी प्राइस २४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया